काँग्रेसको स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला आजदेखि धनगढीबाट शुरु हुँदै

२०८३ वैशाख २६ शनिवार
सारांश
  • नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले आजदेखि सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेलाको शुरुवात गर्दैछ ।

काठमाण्डौ, २६ वैशाख । नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले आजदेखि सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेलाको शुरुवात गर्दैछ ।

 

आज र भोली काँग्रेसले सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ । प्रतिष्ठानले आजदेखि जेठ १५ गतेसम्म सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्न लागेको छ ।

 

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढी, कैलालीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते लेकवेसी, सुर्खेतमा, गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरा, कास्कीमा भेला आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, बागमती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा, मधेश प्रदेशमा जेठ ६ र ७ गते वर्दिवास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार